काठमाडौं। एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसी संसदबाट पास हुने विश्वास लिएर आइतबार मात्रै स्वदेश फर्किएकी छन्। सुमारको टोलीले नेपालमा विभिन्न राजनितिक दल र सरकारसंग प्रत्यक्ष छलफल गरी एमसीसी सम्वन्धि रहेका आशंका स्पष्ट पार्ने प्रयास गरेको थियो।
टोली आइतबार साँझ मात्रै फर्किएको हो। त्यसको भोलीपल्टै यसको विरोधमा विप्लव समुहले प्रदर्शन गरेको हो। सोमबार काठमाडौस्थित माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी थिए।
सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो। तर अमेरिकाले एमसीसीको नाममा नेपालमा सैनिक घुसाउन खोजेको भन्दै नेपालमा यसको विरोध भैरहेको छ।