बिहिवार, कार्तिक ६ गते २०८३

प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

बिहिवार , कार्तिक ६, २०८३

काठमाडौं । नेपाल प्रहरीले बडादसैँको अवसरमा काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित भएका छन् ।

प्रहरीका अनुसार कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जना निःशुल्क बस सेवाबाट लाभान्वित भएका हुन् । लाभान्वितमध्ये ६६९ जना पुरुष र ७३७ जना महिला रहेका छन् ।

आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले कात्तिक ३ र ४ गते काठमाडौं उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार