काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १४८६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ।
संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन्।
२४ घण्टामा १२६० जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यस्तै सोमबार कोरोनाबाट थप १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ। यससँगै ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको छ। हाल देशभर २६ हजार ६३० सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।