बुधवार, आश्विन १४ गते २०८३

सभामुखले हटाउन खोजे हर्कराज राईलाई

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउन खोजेका छन् । यसका निम्ति उनले राईलाई स्पष्टीकरण सोधेका हुन् । सचिव राईले सभामुखलाई स्पष्टीकरण पनि बुझाइसकेका छन् ।

राईलाई मुख्यत दुईवटा विषयमा स्पष्टीकरण सोधिएको छ ।

पहिलो, प्रतिनिधिसभा अन्तर्गतका संसदीय विषयगत समितिलाई सक्रिय बनाउन किन तदारुकता नदेखाएको ?

दोस्रो, सांसदहरूलाई बोल्न दिने समयमा पक्षपातपूर्ण प्रस्ताव किन गरेको ?

२१ फागुनमा भएको निर्वाचनबाट आएको प्रतिनिधिसभाले २७ चैतमै संसदीय विषयगत समिति गठन गरेको थियो । वैशाख ४ गते सबै समितिले सभापति पनि पाए । तर, नेतृत्व पाएर दौडिनुपर्ने समितिहरू अझै अलमलमै छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार