आइतवार, आश्विन २५ गते २०८३

एमसीसी कुनैपनि हालतमा पास गर्न दिन्नौँ : विप्लव

सोमवार , भाद्र २८, २०७८

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अमेरिकी परियोजना एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने बताएका छन्। काठमाडौंमा सोमबार विप्लव समुहले गरेको प्रर्शनपछि विरोधसभालाई सम्वोधन गर्दै एमसीसी जबरजस्ती पास गर्न खोजियो भने राँको बनेर निस्किने चेतावनी दिए। 

उनले आजको आन्दोलनलाई झिल्कोको संज्ञा दिँदै यद एमसीसी पास गर्न खोजिए अहिलेको झिल्को राँको भन्दै देशको माया हुने हरेक मान्छेलाई साथ लिएर अघि बढ्ने बताए। पैसाबाट मात्रै विकास र समृद्धि हुन्छ भन्ने दलालहरूको सोच भएको बताएका छन्। एमसिसीबारे आफूहरूले बुझेको बताउँदै नेपालका दलालहरूले नबुझेका आरोप लगाए। 

सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा पानीले भिन्दै सम्बोधन गरेका विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको हुँदा लागू हुन नहुने भनाई राखे।  उनको बुझाईमा सहयोगको नाममा अमेरिकी फौज नेपाल आउने खतरा रहेको छ।

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनले बताए। नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार