बुधवार, आश्विन १४ गते २०८३

जमलमा बन्दुकको ६ राउन्ड गोली फेला

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला परेको छ ।

जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली ६ राउन्ड फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

त्यस्तै चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड फेला परेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार