काठमाडौं । नेपाली कांग्रेसले सात वटै प्रदेशमा भेला गर्ने भएको छ । प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला हुन लागेको हो ।
जसअनुसार सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते भेला हुनेछ । भेला धनगढीमा हुने कांग्रेसले जनाएको छ । कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते भेला हुनेछ। भेला लेकवेसी सुर्खेतमा हुने भएको हो ।
गण्डकी प्रदेशको पोखरामा वैशाख ३१ र जेठ १ गते भेला हुनेछ । बागमती प्रदेशमा जेठ ४ र ५ गते भेला हुनेछ। भेला धुलिखेलमा गर्ने तय भएको छ । मधेस प्रदेशमा जेठ ६ र ७ गते भेला हुनेछ भने भेला महोत्तरीको बर्दिवासमा हुनेछ ।
कोशी प्रदेशमा जेठ ८ र ९ गते भेला हुनेछ। भेला सुनसरीको लौकीमा हुने तय भएको छ । लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते भेला हुनेछ। उक्त भेला तिलोत्तमामा हुनेछ ।