काठमाडौं । पूर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री जददीश खरेलले आफूमाथि नियोजित रुपमा मिडिया ट्रायल भएको आरोप लगाएका छन् ।
कार्यक्रमको सिलसिलामा स्वीट्जरल्याण्डमा रहेका खरेलले विहिबार फेसबुकमार्फत आफ्नो नाम जोडेर नियोजित रुपमा फेक न्यूज फैलाएको बताए ।
उनले भनेका छन्, ‘प्रिय शुभचिन्तकहरु अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथी प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु ।’