शनिवार, कार्तिक ८ गते २०८३

गैंडाकोटमा बस र ट्रक ठोक्किंयो : ३ जनाको मृत्यु,२४ घाइते

मंगलवार , भाद्र २९, २०७८

काठमाडौं। नवलपुरको गैंडाकोटमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकहरुको परिचय खुलेको छैन। प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ।

सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार