काठमाडौं। नेपाली कांग्रेसको वडा अधिवेशन धमाधम भैरहेका छन्। सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको जिल्ला सहित केही जिल्लामा वडा अधिवेशन किचलो भएपनि वडा अधिवेशन चलिरहेको छ।
सम्पन्न भइसकेका वडा अधिवेशनहरु कलिला युवा र महिलाहरुको पनि सहभागित देखिएको छ। भविष्यमा उनिहरुको राजनैतिक यात्रा कस्तो रहला त्यो त भविष्यले नै बताउला तर यतिखेर उनिहरुको लागी यो सुनालौ अवसर र भाग्यमानि नै मान्न सकिन्छ।
यस्तै एक भाग्यमानि वडा सभापति बनेकी छन्, पाल्पामा एक महिला। उनले जम्मा १ मतले चुनाव जितेर वडा सभापति बनेकी छन्। पाल्पाका ८१ मध्ये ७९ वडामा सर्वसम्मत वडा सभापति चयन भए पनि रामपुर नगरपालिका-५ र बगनासकाली गाउँपालिका-२ मा मात्रै निर्वाचन भएको थियो।
बगनासकाली-२ मा दुईजना सभापतिका प्रत्यासी देखिएपछि चुनाव भएको थियो। सो चुनावमा आफ्ना प्रत्यासी राजेन्द्रबहादुर रानालाई १ मतले हराउँदै सीता गैरे सभापति बनेकी हुन्। वडामा १५१ जना क्रियाशील सदस्य रहेकोमा जम्मा ८१ मत मात्रै खसेको थियो ।
त्यसमध्ये गैरेले ४० र रानाले ३९ मत प्राप्त गरे। दुई मत बदर भएको थियो । निर्वाचनपछि आफु विजयी भएकोमा सिताले खुसी व्यक्त गरेकी छन्। पाल्पाका १० स्थानीय तहका ८१ वटा वडाको अधिवेशन सम्पन्न भइसकेको छ। सम्पन्न अधिवेशनअनुसार ८० वटा वडामा पुरुष सभापति चुनिएका छन्। एकमात्र वडामा महिला सभापति निर्वाचित भएकी छन्।