बुधवार, आश्विन १४ गते २०८३

काभ्रेपलाञ्चोकमा ८८ करोड रुपैयाँ लगानीमा पोल्ट्री फार्म र अर्गानिक मल उद्योग खुल्दै

आइतवार , बैशाख २७, २०८३


काठमाडौं । काभ्रेपलाञ्चोकमा ८८ करोड ७० लाख रुपैयाँ लगानीमा पोल्ट्री फार्म र अर्गानिक मल उद्योग खुल्ने भएको छ ।

बुढाथोकी एग्रो फेमली फार्मले ८८ करोड ७० लाख रुपैयाँ लगानीमा पोल्ट्री फार्म र अर्गानिक मल उद्योग खोल्न लागेको हो । सन् २०२० मा स्थापना भएको कम्पनीले प्यारेन्ट कुखुरा र अर्गानिक मलको उत्पादन र कारोबार गर्ने जनाएको छ । कम्पनीले पोल्ट्री ब्रिडर फार्म निर्माण गरी चल्ला उत्पादन गर्ने भएको हो ।


कम्पनीले उद्योग निर्माणका लागि ७४ः२६ लगानी अनुपात राखेको छ । जसमा कम्पनीले कर्जाका लागि गरिएको रेटिङमध्ये ५४ करोड रुपैयाँको व्यवस्थापन भइसकेको छ । साथै, लगानीकर्ताले प्रतिबद्धता गरेको रकममध्ये १८ करोड ९० लाख रुपैयाँको व्यवस्थापन गरिसकेको छ ।

हालसम्ममा उद्योगको वित्तीय प्रगति ८१ प्रतिशत भइसकेको छ । साथै, निर्माण कार्य भने अन्तिम चरणमा पुगेको कम्पनीको भनाइ छ । कम्पनीले उद्योग निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ६६ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २० करोड रुपैयाँको रेटिङ गराएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार