बुधवार, आश्विन १४ गते २०८३

मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गर्ने १० जना पक्राउ

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सोमबार ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनको क्रममा युवाहरू आयोगको कार्यालय तर्फ अघि बढ्न खोजेपछि प्रहरीले केही प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ । प्रदर्शन गर्दै आयोगको कार्यालय तर्फ अघि बढ्न खोज्ने १० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रदर्शनमा उत्रिएका युवाहरूले मानव अधिकार किन चुप सरकारसँग भयो कि घुसपैठ , सत्य लुकाएर के पायौ, प्रतिवेदन किन लुकायौ, मानवअधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ? सरकार डरायो, प्रतिवेदन हरायो लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार