आइतवार, श्रावण २४ गते २०८३

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदखि

सोमवार , बैशाख २८, २०८३

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नन ग्रेडेड समूहमा परेका परीक्षार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि नौ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

यस परीक्षामा जति विषयमा अनुत्तिर्ण भएका परीक्षार्थी पनि सहभागी हुन पाउने बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले बताए । 


बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा कुल चार लाख ३० हजार ६६७ जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये दुइ लाख ८४ हजार एक सय ६० जना उत्तिर्ण अर्थात ग्रेडेड समूहमा परेका छन् । 

त्यस्तै, एक लाख ४६ हजार पाँच सय सात जना अनुत्तिर्ण अर्थात् नन ग्रेडेड समूहमा परेका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार