आइतवार, श्रावण २४ गते २०८३

एक सय रुपैयाँ भन्सार लाग्ने व्यवस्था पुुरानै हो,स्थानीयको आवश्यकता हेरेर बढाउँछौ : अर्थमन्त्री

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक रुपैयाँ भन्दा बढीको मूल्यमा भन्सार लगाउने व्यवस्था पुरानै सरकारले गर्दै आएको र त्यसलाई यो सरकारले कार्यान्वयन मात्रै गरेको  बताएका छन् ।

अर्थमन्त्री वाग्लेले एक सय रुपैयाँ भन्दा बढीको मूल्यमा लाग्ने भन्सारलाई यो सरकारले संशोधन गर्ने जानकारी मंगलकार संसदको अर्थ समितिलाई सम्बोधन गर्ने क्रममा बताएका हुुन  ।

एक सय रुपैयाँभन्दा बढीको मूल्यमा भन्सार लगाउँदा सीमा क्षेत्रका स्थानीयलाई परेको समस्याको बारेमा सरकारको ध्यानाकर्षण भएको भन्दै आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट मार्फत यसलाई परिमार्जन गर्ने उनले जानकारी दिए । 

अर्थन्त्री वाग्लेले सीमा क्षेत्रको स्थानीयको आवश्यकता हेरेर सीमा वारीका नेपालीले पारी गएर दैनिक उपभोग्य वस्तु खरिद गर्दा लाग्ने गरेको भन्सार मूल्यको सीमालाई बढाउने बताए ।

उनले राजस्व चुवाहटको विषयमा भने पूर्ण रुपमा कडाइ गर्ने र स्वदेशी उत्पादनमा असर गर्ने गरी सीमा पारिबाट आउने सामानमा भने सरकार निर्मम भएर लाग्ने पनि बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार