बुधवार, आश्विन १४ गते २०८३

गरिमा विकास बैंक बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंकबाट सम्मानित

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । गरिमा विकास बैंक बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६ बाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा यही वैशाख २५ गते शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्सको दशौँ संस्करणमा यो विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

उक्त समारोहमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बैंकलाई अवार्ड हस्तान्तरण गरेका थिए । यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले बताएको छ ।

यस अवसरमा बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक, सेयरधनी, सम्पूर्ण  कर्मचारी, नियमनकारी निकाय एवं शुभचिन्तकहरूप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ ।

यसअघि पनि यो बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा आयोजित इमर्जिङ एसिया बैंकिङ अवार्डमा एमएल कार्यान्वयन विधामा उत्कृष्टसहित बेष्ट एमएसएमई एक्सेलेरेसन विधामा रनर अप र कर्पोरेट क्लब नेपालले आयोजना गरेको अवार्ड समारोहमा द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट समेत सम्मानित भइसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार