बुधवार, आश्विन १४ गते २०८३

डिडिसिका कर्मचारीले पाउँदै आएको दुध र घिउको सुविधा कटौती

मंगलवार , बैशाख २९, २०८३


वैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले दुुग्ध विकास संस्थान(डिडिसि)का कर्मचारीले सित्तैमा उपभोग गदै आएको दुध र घिउको सुविधा रोक्न निर्देशन दिएकी छन ।

संस्थान लामो समयदेखि घाटामा गएर धरासयी अवस्थामा पुुगेपछि कर्मचारीले पाउदै आएका सुविधा मन्त्री चौधरीले कटौती गर्न निर्देशन दिएकी हुुन । 
डीडीसीका कर्मचारीले दैनिक एक लिटर दुुध  र महिनामा  एक केजी घिउ पाउदै आएका थिए । नियमविपरीत र अनावश्यक रूपमा दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा घर लैजादा  एकातिर संस्थान घाटामा जाने र अर्कोतिर किसानले दूधको भुक्तानी नपाएर सडकमा दूध पोख्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री चौधरीले सो सुविधा कटौती गरेकी हुुन । 
कर्मचारीले पाउदै आएको सो सुविधा कटौती भएपछि वार्षिक ७८ लाख रुपियाँ जोगिने मन्त्रालयले जनाएको छ । 
कर्मचारीको सुविधा कटौती गरेर जोगिएको यो ७८ लाख रुपियाँ अब किसानहरूको बाँकी बक्यौता भुूक्तानी गर्ने र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने मन्त्रालयले जनाएको छ । 
हाल संस्थानले देशभरबाट दैनिक करिब ७० हजार लिटर दूध संकलन गरिरहेको छ। तर, बजारमा दैनिक माग ५० देखि ६० हजार लिटर मात्र रहेको छ। मागभन्दा बढी संकलन भएको दूधलाई धुलो दूध र बटरमा रूपान्तरण गरी भण्डारण गरिँदा संस्थानको ठूलो रकम थुप्रिएको डिडिसिले जनाएको छ ।
डिडिसिका अनुसार ८० करोड रुपियाँ बराबरको पाँच सय मेट्रिक टन धुलो दुुध र ३५० मेट्रिक टन बटर मौज्दात रहेको छ ।  बटर र धुुलो दुुध मौज्दात रहेकाले किसानको भुुक्तानी  समयमा गर्न नसकेको डिडिसिले जनाएको छ ।

गत माघ महिनादेखिको  दुुध खरिद गरेको रकम भुुक्तानी गर्न बाँकी रहेको डिडिसिले ज नाएको छ । तीन महिनाको ६० करोड रुपियाँ किसानलाई भुुक्तानी गर्न बाँकी रहेको डिडिसिले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार