आइतवार, श्रावण २४ गते २०८३

स्कुलको वार्षिक बिदा १५ दिन कटौती,खाजा समय ३० मिनेट मात्रै

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुलहरुको हिउँदे तथा वर्षे बिदाको समय १५ दिन कटौती गरेको छ । 
हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिँइदै आएको यस्तो बिदा यसै शैक्षिक सत्रको लागि भने ३० दिनको मात्रै हुनेछ ।

सरकारले सातामा दुइ दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । 


मन्त्रालयको निर्णय कार्यान्वयनको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार ७७ वटै शिक्षा, विकास तथा समन्वय इकाई र स्थानीय तहलाई पत्राचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

मन्त्रिपरिषद्को गत चैत २२ गतेको बैठकले सरकारी बिदा एक सातामा दुई दिन दिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनको सन्दर्भमा केन्द्रले मंगलबार बिदा कटौतीसहित ६ बुँदा समेटिएको परिपत्र गरेको छ । 


जस अनुसार विद्यालयमा प्रत्येक दिन प्रार्थना समय १५ मिनेट मात्रै कार्यान्वयन गर्ने, खाजा समय ३० मिनेट मात्रै छुट्टयाउने, सोमबारदेखि शुक्रबारसम्मपुरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने रहेको छ । 


त्यस्तै, पहिलो र दोस्रो त्रैमासमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनलाई असर नपर्ने गरि व्यवस्थापन गर्ने तथा अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमको १२ दिनलाई छुट्टयाउन पनि केन्द्रले निर्देशन दिएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार