सोमवार, श्रावण २५ गते २०८३

मंगलबार १५६२ संक्रमित थपिए, १९ जनाको मृत्यु

मंगलवार , भाद्र २९, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा संक्रमण देखिएको हो। 

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ। 

त्यस्तै सोही अवधीमा १ हजार ५८९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमितमध्ये ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेको छ। 

जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५३ जना आईसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत् छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार