आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री आज पनि नआए विरोध जारी राख्छौँ - कांग्रेस

बिहिवार , बैशाख ३१, २०८३


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभए विरोध जारी राख्ने जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् ।

उनले भने, ‘देशको कार्यकारी प्रमुखले सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद मात्र होइन, संसदीय अभ्यासप्रतिको उदासीनताप्रति होइन ? अझ दुःखको कुरा सत्तापक्षका सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिराख्नुभएको छ। देश भित्रै रहनुभएको संसद् भवनबाट केही सय मिटर दूरीमा कार्यालय रहेको प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइयोस् भनेर हाम्रो आग्रह मात्र थियो ।’ नीति तथा कार्यक्रम भनेको सरकारले आगामी एक वर्षको दिशा, प्राथमिकता र कार्ययोजना भएको बताए ।

उनले सभामुखलाई भने, ‘तपाईँ हाम्रो अभिभावक हो, संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ । यदि प्रधानमन्त्रीज्यू अनुपस्थित हुनुभयो भने हाम्रो विरोध जारी रहनेछ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार