वैशाख । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपनि नेपालमा भने तत्काल असर नपर्ने भएको छ ।
स्वदेशी उत्पादन प्रयाप्त भएकाले तत्कालका लागि बजारमा चिनीको अभाव नहुुने भएको हो । नेपाल चिनी उत्पादक संघका अनुसार एक लाख ४१ हजार मेट्रिक टन चिनी मौज्दात रहेकाले भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाएपनि त्यसको असर नपर्ने भएको हो ।
संघका अनुसार मुलुकमा वार्षिक दुुई लाख ८० हजार टन आवश्यक पर्ने गर्छ । संघका अनुसार आर्थिक वर्ष २०८२÷८३मा एक लाख ८७ हजार टन चिनी उत्पादन भएको छ । बजार माग अनुसार उत्पादन कम भएपनि गत वर्षकै चिनी मौज्दात रहेकाले अभाव नहुने संघले जनाएको छ ।
संघका अध्यक्ष शशिकान्त अग्रवालले विभिन्न १३ वटा चिनी मिलसँग एक लाख ४१ हजार टन चिनी मौज्दात रहेको र ७० हजार टन चिनी आयात भइसकाले भारतले निर्यातमा प्रतिवन्ध लगाएपनि बजारमा चिनीको अभाव नहुुने बताए । पुुरानै चिनी मौज्दात रहेकाले तत्कालका लागि चिनी निर्यातमा प्रतिवन्ध लगाएपनि मुुलुकमा कुुनै असर नपर्ने उहाँको भनाई छ ।
बजारमा चिनीको मूल्य बृद्धि नभएको उनले जानकारी दिए । अभाव देखाएर व्यवसायीले चिनीको मूल्य बढाएर उपभोक्ता ठग्ने देखिएको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चिनी निर्यातमा लगाइएको प्रतिवन्धको असर तत्काल नपर्ने जानकारी दिए । यस विषयमा सरोकारवाला निकायसँग छलफल गदै छौ, उनले भने‘ बजारमा अभाव हुने देखिएको भने आयातका लागि भारत सरकारलाई अनुरोध गर्ने वा अन्य मुलुकबाट ल्याउने लगायतका विकल्पमा छलफल गरिने छ ।’’ अभाव देखाएर बजारमा चिनीमा मुल्यबृद्धि हुुन सक्ने भएकाले बजार अनुगमन प्रभावकारी ढंगले गर्न निर्देशन दिइने उहाँले जानकारी दिऐ । चिनीेमा आत्मनिर्भर बन्न उत्पादन बढाउने तर्फ लाग्नुुपर्ने उनको भनाई छ ।
व्यवसायीका अनुसार बजारमा मौज्दात र आयात गरेको चिनी गरेर दुुई लाख टन चिनी रहेको छ ।
मुलुकमा माग अनुसार चिनी उत्पादन नहुुँदा भारतबाट आयात हुने गरेको छ। खुुला सिमानाको कारणले गर्दा चोरी तस्कारीबाट समेत नेपालमा चिनी भित्रिने गरेको छ ।
इन्धनको मूल्य बृद्धिका कारण चिनी लगायतका खाद्यान्नको मूल्य बढ्न सक्ने भएकाले भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाएको बताइएको छ ।
आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन आगामी सन् २०२६ सेप्टेम्बर ३० सम्मका लागि चिनी निर्यातमा तत्काल लागु हुने गरी प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्ययमले जनाएका छन ।
रोयटर्सका अनुसार भारतले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।
यसअघि चालु सिजनमा १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिएको भए पनि आन्तरिक उत्पादनमा देखिएको अनिश्चितता र विश्वव्यापी कमोडिटी बजारको अस्थिरता मध्यनजर गर्दै भारतले आफ्नो नीतिमा परिवर्तन गरेको हो ।
संघका अनुसार मूल्य अभिबृद्धि कर र ढुवानी लागत बाहेक चिनीको फ्याक्टी मूल्य प्रतिकेजी ८२ रुपियाँ रहेको छ । बजारमा भने खुुद्रा मूल्य प्रतिकेजी ११० रुपियाँ रहेको छ । चिनी अभाव हुुँदा विशेष गरी औद्योगिक प्रयोजनका लागि विस्कृट, चकलेट, जुुस उद्योगसम्म असर पर्ने देखिन्छ । अन्य समयको तुुलनामा चाडपर्वको बेला चिनीको खपत धेरै हुने गर्छ ।
हाल नेपालमा करिब १५ वटा चिनी उद्योग भए पनि १३ वटा मात्र सञ्चालनमा छन् ।