शनिवार, कार्तिक ८ गते २०८३

पहिरोले मुग्लिन-नौबिसे सडकखण्ड अवरुद्ध

बुधवार , भाद्र ३०, २०७८

काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

बुधबार बिहान २ बजे खसेको पहिरोका कारण सवारी रोकिँदा यात्रु अलपत्र छन्। अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए। सो सडक खण्डमा वर्षायाममा वर्षेनी सो सडकमा पहिरोका कारण यातायातमा समस्या हुने गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार