काठमाडौ । आज सुन–चाँदीको भाउ घटेको छ । बिहीबार तोलामा तीन सय सय रूपैयाँ बढेको सुनको भाउ यसदिन चार हजार रूपैयाँ घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको थियो । बुधबार प्रतितोला पाँच हजार सात सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।