काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने भएको हो ।
बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए । साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ ।