बुधवार, आश्विन १४ गते २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले गरे डीडीसी चिजको बजार प्रवर्द्धन

शनिवार , जेठ २, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) बाट उत्पादित चिजको बजार प्रवर्द्धन  गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा शनिबार आफ्नो नयाँ तस्वीर सार्वजनिक गर्दै डीडीसी ब्राण्डको चीजको बजार प्रवर्द्धन  गरेका हुन् । डीडीसीले उत्पादन गर्दै आएको याक चिज खाँदै गरेको फोटो उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री शाहले गत शनिबार सेतो सर्ट लगाएको फोटो सार्वजनिक गरेपछि त्यसले निक्कै चर्चा पाएको थियो ।डीडीसीले उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । डीडीसी मातहतका केन्द्रहरूबाट वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको छ ।

डीडीसीले देशभरको ११ देखि १४ वटा चिज उत्पादन केन्द्रबाट चिज उत्पादन गर्दै आएको छ । डीडीसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सोलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवा भञ्ज्याङलगायतका स्थानमा चौंरी याकको दूधको संकलन गरी चिज उत्पादन गर्दैआएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार