काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर गतिविधि गर्दै आएको निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समूहले जेड १० गते सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने भएको छ । भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार गरेको प्रचार सामग्रीमा उल्लेख छ ।
उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।