मंगलवार, आश्विन १३ गते २०८३

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, कस्ता छन कार्यसूची ?

मंगलवार , जेठ ५, २०८३


काठमाडौं । मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक छुट्टाछुट्टै बस्दैछ ।

मंगलबार बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।


मंगलबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी रहने सम्भावित कार्यसूची छ ।


आजैको बैठकमा छलफलमा उठेका विषयहरूमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिनेछन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने सम्भावित कार्यसूची रहेको उल्लेख छ ।

प्रतिनिधि सभा पछि दिउँसो बस्ने राष्ट्रिय सभा बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी रहने सम्भावित कार्यसूची छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार