काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले मंगलबार राष्ट्रपति कार्यलय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
उनले आजै पदभार ग्रहण गर्ने बताइएको छ । संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।