बुधवार, आश्विन १४ गते २०८३

आज कतिमा हुँदैछ सुन–चाँदीको किनबेच ?

बुधवार , जेठ ६, २०८३

काठमाडौ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। 

मंगलबार तोलामा पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको हो । आज सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।मंगलबार सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला पाँच हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार