शनिवार, कार्तिक ८ गते २०८३

यी हुन् आफ्नै ८ महिने छोराको घाँटी रेटेर हत्या गर्ने आमाबाबु, यस्तो थियो कारण 

बुधवार , भाद्र ३०, २०७८

काठमाडौं। रुपन्देहीमा बाबु आमा मिलेर आफ्नै ८ महिने छोराको हत्या गरेको घटनाको प्रहरीले अनुसन्धान गरीरहेको छ। आफ्ना छोराछोरी भनेपछि आमाबाबाु आफ्नो ज्यान दिन तयार हुन्छन्। छोराछोरी हुर्काउन र राम्रो पालनपोषणका लागी अनेक कष्ट झेल्छन तर यहाँ एक दम्पतीले आफ्नै सन्तानको ज्यान लिए। यस घटनामा अनुसन्धान गरीरहेको प्रहरीले हत्याको कारण खोलेको छ। खासमा ति बाबु आमाले आफुहरुले आत्महत्या गर्न खोजेको कारण पहिला छोराको ज्यान लिएको प्रहरीले जनाएको छ। 

घटना रुपन्देहीको गैडहवा गाउँपालिकाको हो।  प्रहरीका अनुसार सो गाउँपालिका–६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेणु मल्लाहले पारिवारिक कलहका कारण आफ्नै शिशुको हत्या गरेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डीएसपी सत्यनारायण थापाका अनुसार मल्लाह दम्पतीले आरोप स्वीकार गरिसकेका छन्। प्रहरीलाई श्रीरामले दिएको जानकारी अनुसार उनीहरुले विभत्स तरिकाले ज्यान दिने योजना बनाएका थिए ।

सोही क्रममा पहिला छोराको हत्या गर्ने र पछि आफूहरु पनि मर्ने उनीहरुको योजना रहेको प्रहरीको भनाइ छ । राति आफ्नै एकतले घरको छतमा गएर उनीहरुले छोराको हत्या गरे । प्रहरीका अनुसार रेणुले छोरालाई काखमा राखेर समातिन्, अनि श्रीरामले छोराको घाँटी रेटे । छोराको हत्यापछि रेणु मल्लाह विक्षिप्त भइन् । त्यसैले उनीहरुले आत्महत्या गर्न सकेनन् । प्रहरीका अनुसार उनीहरुले छोराको शवलाई पोको पारेर कोठामा ल्याए । त्यसपछि होहल्ला भएपछि घटनास्थलमा राति नै प्रहरी आएर उनीहरु दुवैलाई नियन्त्रणमा लियो । 

उनिहरुले आत्महत्या गर्न योजना बनाउनुको कारण यस्तो थियो
प्रहरीका अनुसार सो परिवारमा मृतकको आमाबुबा, हजुरआमा, दुई फुपू एउटै घरमा बस्दै आएका छन्। मृतककी जेठी फुपूले आफ्ना दुई छोरालाई पनि माइतीमै राख्दै आएकी छन्। मृतककी हजुरआमा अर्थात् श्रीरामकी आमा भानुमती मल्लाहले २०६३ सालमा नागरिकता लिएकी थिइन्। उनले आफू अविवाहित हुँ र आफ्नो कोही छैन भनेर नागरिकता लिएकी थिइन्। त्यसैले भानुमतीका सन्तानको नागरिकता बन्न सकिरहेको थिएन।

तर भानुमतीकी जेठी छोरी अकालमती मल्लाहले भने पतिको नामबाट नागरिकता बनाएकी छन्। उनको घर लुम्बिनी सांस्कृतिक नगरपालिका- २ मा भए पनि लामो समयदेखि माइतीमै बस्दै आएकी छन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भानुमतीले आफू बस्दै आएको घरसहितको जग्गा जेठी छोरीको नाममा पास गरिदिइन्।

यो कुरा थाहा पाएपछि श्रीराम र उनकी पत्नीले आफूहरु विभत्स तरिकाले मर्ने सल्लाह गरेका थिए। सोही क्रममा उनीहरुले भदौ २६ गते राति आफ्नै अवोध शिशुको हत्या गरेको प्रहरी बताएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार