शनिवार, कार्तिक ८ गते २०८३

लुम्बिनी प्रदेश सांसद वलीले घटनाको डेढ महिनापछि दिएको उजुरीबारे यसो भनिन्

बुधवार , भाद्र ३०, २०७८

काठमाडौं। लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलसहित चारजनाविरूद्ध शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिएकी छन्। घटना भएको भनिएको करिब डेढ महिनापछि मंगलबार उनले जाहेरी दिएकी हुन्।

वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको दावी गरेकी छन्। घटनाबारे सोही समयमा बताएकी उनले लामो समयपछि जाहेरी दिएकी हुन्। उनले अहिले जाहेरी दिनुको कारण भने पोखरेल र नेकपा एमालेले आफूलाई सिध्याउन लागेका कारण आफूले उनीविरूद्ध उजुरी दिएको बताएकी छन्।

आफु त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा नभएको तर पछि मलाई आफुलाई राजनीतिकरुपमा सिध्याउने हिसाबले उनिहरु लागेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेको बताएकी छन्। आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताएकी छन्।

आफुलाई सिध्याउन उनिहरुले हरेक हतकण्डा अपनाई आफुलाई शान्तसँग बस्नै नदिएको भन्दै अब आफुपनि चुप लागेर बस्ने अवस्थामा नरहेकाले कानुनी लडाईंमै उत्रिएको पनि उल्लेख गरिन। त्यस घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध कारबाहीको माग गरेकी छन्।

एमालेले भने वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ। उनले दायर गरेको मुद्धा भने रुपन्देही प्रहरीले दाङ पठाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार