बुधवार, आश्विन १४ गते २०८३

अप्सुवा खोलामा जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढ्यो

बिहिवार , जेठ ७, २०८३

काठमाडौँ । संखुवासभा रहेको अप्सुवा खोलामा जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढेको छ ।

रामजानकी हाइड्रोपावर प्रालिले प्रवद्र्धकका रूपमा निर्माण गर्न लागेको २३ मेगावाट क्षमताको यस आयोजनाको प्रक्रिया अगाडि बढाइएको विद्युत विकास विभागले जानकारी दिएको छ । संखुवासभा जिल्लास्थित सिलिचोङ र मकालु गाउँपालिकाको सिमाना भएर बहने अप्सुवा खोलाको पानी उपयोग गर्ने गरी यो आयोजना प्रस्ताव गरिएको छ ।


रन अफ रिभर’ ९नदी प्रवाहमा आधारित० प्रकृतिको यस आयोजनाबाट वार्षिक औसत १२८.७५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनाको डिजाइन बहाव ७.३० घनमिटर प्रति सेकेन्ड र कुल हेड ३८२ मिटर रहने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले निर्माण कार्य समयमै सुरु भएमा आगामी २०८५ साल माघ महिनाभित्र आयोजनाबाट व्यवसायिक रूपमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

आयोजनाको मुख्य संरचनाहरू संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. ५ र मकालु गाउँपालिका वडा नं. १ मा रहनेछन् । अप्सुवा खोलामा बाँध बाँधी पानीलाई साइड इन्टेक र बालुवा थिग्राउने पोखरी हुँदै २ हजार ८ सय ४० मिटर लामो सुरुङमार्फत विद्युत गृहसम्म पुऱ्याइनेछ ।

८३१.१८ मिटर लामो पेनस्टक पाइपको सहयोगमा पानीलाई पावरहाउसमा रहेका दुईवटा पेल्टन टर्बाइनमा खसालेर २३ मेगावाट विद्युत निकालिनेछ । विद्युत उत्पादनपछि सो पानीलाई पुनः टेलरेस मार्फत अप्सुवा खोलामै मिसाइने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार