काठमाडौं । नेपाली कांग्रेसले नयाँ गठन गरेको निर्वाचन ब्युरो संयोजकमा उप सभापति पुष्पा भुसाल चयन भएकी छन् । कांग्रेसले यसअघि निर्वाचन तयारीका लागि निर्वाचन परिचालन समिति बनाउने गरे पनि अहिले भने निर्वाचन ब्युरो बनाएको हो ।
ब्युरोले चुनावका बेला मात्र नभई निरन्तर काम गर्न निर्वाचन ब्युरो बनाइएको कांग्रेसले जनाएको छ । अब प्रदेश र स्थानीय तह निर्वाचन आउँदैछ। त्यसका लागि निर्वाचन ब्युरोले काम गर्ने पनि कांग्रेसले जनाएको छ ।
ब्युरोमा पार्टी सभापति गगनकुमार थापाले १७ जना नेताहरूलाई सदस्य मनोनीत गरेका छन् । जसमा निवर्तमान सहमहामन्त्री जीवन परियार, नेताहरू अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज बिनोद पौडेल, जगनाथ लामिछाने, मिलनराज बर्तौला छन् ।