काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणको अध्यक्षको लागि ३२ जनाले आवेदन दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयले विहिबार उनीहरुको विवरण सार्वजनिक गरेको हो ।
मन्त्रालयले केहि समयअघि प्राधिरणको अध्यक्ष र सदस्यको खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
त्यस्तै कानुनतर्फको सदस्यको लागि ४ जना, लेखातर्फको सदस्यको लागि ९ जना, वजार व्यवस्थापनतर्फको सदस्यको लागि ५ जना, प्रशासन र प्राविधिक सदस्य पदको लागि १५ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ ।