आइतवार, श्रावण २४ गते २०८३

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी

शुक्रवार , जेठ ८, २०८३

काठमाडौ । आज (शुक्रबार)सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ ।

बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय १५ रूपैयाँमा किनबेच भइरहेको छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार