मंगलवार, आश्विन १३ गते २०८३

मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारलाई पूर्वाधार समितिको निर्देशन

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उर्जामन्त्री, पूर्वाधारमन्त्रीसहित सरोकारवाल सहभागी थिए । छलफलपछि समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिए । 

उनका अनुसार मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्नसक्छ, त्यसैले समितिले यसको तत्काल समाधान खोज्न पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार