आइतवार, श्रावण २४ गते २०८३

७ जना सशस्त्र प्रहरी जवान बेहोस,सेनाको स्काई-ट्रकमा काठमाडौं ल्याइँदै

शुक्रवार , जेठ ८, २०८३

काठमाडौ । शुक्रबार बिहान कैलालीमा सशस्त्र प्रहरी बलको तालिममा रहेका ७ जना जवान बेहोस भएका छन् ।

शुक्रबार बिहान कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना बेहोस भएका थिए। त्यसमध्ये ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार अत्यधिक गर्मीबीच भएको तालिमका कारण बेहोस हुनसक्छ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार