बुधवार, आश्विन १४ गते २०८३

बजेट सार्वजनिक हुने दिन नजिकिदैं गर्दा सेयर बजारमा दोहोरो अङ्कको सुधार, कारोबार पनि बढ्यो

शुक्रवार , जेठ ८, २०८३

बजेट सार्वजनिक हुने दिन नजिकिदैं गर्दा सेयर बजारको माहोल पनि बिस्तारै सल्बलाउन थालेको छ । शुक्रबार साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

साताको कारोबारको एक दिन नेप्से परिसूचक १६.३८ अङ्कले बढेर २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ ।

शुक्रबार कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन् । यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आजको बजारमा २०२ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज हाइड्रो समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढ्दा ट्रेडिङ बाहेक अरू सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूह भने ०.४२ प्रतिशतले घटेको छ । 

शुक्रबार सबैभन्दा बढी नाफा कमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको देखिएको छ । जसको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ इनर्जीको मूल्य ९.६४ प्रतिशत र आँखुखोला जलविद्युतको मूल्य ६.९३ प्रतिशतले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ४३ करोड ६५ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, रिडी हाइड्रोपावर २४ करोड ५४ लाख  र नेसनल हाइड्रो १६ करोड १३ लाख कारोबार सहित अगाडि देखिएका छन् ।

बजेट भाषण जेठ १५ गते सार्वजनिक हुँदैछ । बजेटमा सेयर बजार सुधारका लागि सरकारले हदैसम्मको लचकता अपनाउने बताउँदै आएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार