आइतवार, श्रावण २४ गते २०८३

बाढी–पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

शनिवार , जेठ ९, २०८३

काठमाडौ । पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात अवरुद्ध भएको छ । पाँचथरको याङ्वरक बाढी–पहिरोले दुई घर बगाएको छ । याङ्वरक–१ महमलाल खवासको बस्ने घर र गोठमा बगाएको छ भने सोही ठाउँका कविराज राईको घर पनि बगाएको छ । यस्तै बलबहादुर खालिङको भान्सघर समेत पहिरो बगाएको छ ।

बाढी पहिरोले मध्यपहाडी लोकमार्गको थर्पु– चिवाभञ्ज्याङ खण्ड अवरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो खसेको स्थानीयले जानकारी दिएका छन् । दोभाने भन्ने ठाउँमा डाइबर्सन बगाएको छ भने निर्माणाधीन पुल बगाएको छ ।


बाढीले याङ्वरक–१ स्थित च्याङथापु र चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल,च्याङथापु–एकराते जोड्ने र याङवरक–२ दोभानेस्थित नाम्रेक–फलैचा जोड्ने झोलुङ्गे पुललाई बाढीले क्षति गरेको छ । ओयाम बजार छेउमा पहिरो गएको छ ।

यस्तै पाँचथरको हिलिहाङ र ताप्लेजुङ जोड्ने गरी निर्माणाधीन लिम्बुनी मोटरएबल पुल पनि बगाएको छ । सिँचाइ कुलो, खानेपानी, विद्युतमा पनि क्षति पुगेको छ ।बाढीले अलैँची खेतीमा ठूलो क्षति पु¥याएको छ । यस्तै खोलाको तटीय क्षेत्रमा खेतीबारीमा ठूलो क्षति भएको छ । कावेली र तमोर जस्ता खोलामा बाढी आएको छ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार