आइतवार, श्रावण २४ गते २०८३

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ६ जिल्लाको तापक्रम ४० डिग्री बढी पुग्ने, तीन दिनसम्म शतर्क रहन चेतावनी

शनिवार , जेठ ९, २०८३

काठमाडौं । आगामी तीन दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा अत्यधिक गर्मी हुने र तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

ति प्रदेशमा अत्यकिध गर्मीका कारण तापक्रम उच्च हुने अनुमानको आधारमा शतर्क भएर बस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । 

प्राधीकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको तातो लहरको सम्भावना रहेको जनाएको हो ।  जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार मान्दै प्राधिकरणले आजदेखि पर्सिसम्म दिउँसोको समयमा अत्यधिक गर्मी हुने बताएको छ ।

प्राधीकरणले ती प्रदेशमा हिट वेभ अर्थात् तातो हावाको लहरको चेतावनी पनि जारी गरेको छ । अत्यधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले ६ वटा जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखेको छ ।

प्राधिकरणका अनुसार, सतर्क रहनुपर्ने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन् । यसैगरी कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडीलाई अद्यावधिक (नियमित जानकारी लिनुपर्ने) जिल्लाको सूचीमा राखिएको छ । 

प्राधिकरणका अनुसार अत्यधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् । 

notice.png
undefined

 

प्रतिक्रिया
सम्बन्धित समाचार