काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।
यस्तै जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।