काठमाडौं । त्रिविले जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएपछि प्राध्यापक र कर्मचारीका तीन वटा संस्थाले त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता गरेका छन् । जग्गा फिर्ता गर्नेमा नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघ हुन् ।
त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका संघसंस्था र संगठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा १७ वटा संघसंस्थालाई जग्गा खाली गर्न पत्राचार पनि गरेको थियो । ३५ दिनको समयमा तीन वटाले खाली गरेको पत्र पठाएका हुन् ।
‘रजिस्ट्रारका अनुसार ९ वटा संस्थाले खाली गर्न भनेर पठाएको पत्रको जवाफ पठाएका छन् । ‘ल्याबरोटरी स्कुलले पनि त्रिविलाई जवाफ पठाएको छ । तर त्रिवि अधिकारीका अनुसार चित्तबुझ्दो जवाफ छैन । ‘सकारात्मक जवाफ आएको छैन । विश्वविद्यालयको जग्गा अतिक्रमण गर्नेले कुनै पनि हालतमा छोड्नुपर्छ,’ रजिस्ट्रारले भने ।
त्रिवि क्रिकेट मैदानको हकमा भने नेपाल क्रिकेट संघ ९क्यान०सँग छलफल गर्ने तयारी छ । क्रिकेट मैदानको अर्को व्यवस्था नभएसम्म प्रतियोगिता आयोजना गर्न दिने गरी सहमतिको तयारी भएको छ ।
‘क्रिकेट मैदानलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । क्रिकेट मैदानको अर्को विकल्प नभएसम्मको लागि प्रतियोगिताको आयोजना गर्न दिने तर विश्वविद्यालयसँग सहमति लिएर गर्नुपर्ने तर्क त्रिविको छ ।
‘