बुधवार, आश्विन १४ गते २०८३

पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

सोमवार , जेठ ११, २०८३

काठमाडौँ । पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४ सय ५३ जना सवारी चालकलाई कारबाही गरेको छ । कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १ सय ५, राइड सेयरिङमा २ सय ३८, रातोबत्तीमा १ सय ८४, तीव्र गतिमा १ सय ८६, लेनक्रसमा १४, सडक फुटपाथमा १ सय, हर्न निषेधमा १ सय १९, एकतर्फीमा १ सय ३९, अन्यमा एक हजार ३ सय ६८ गरी कूल दुई हजार ४ सय ५३ जना चालकलाई कारबाही गरिएको हो ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार