आइतवार, श्रावण २४ गते २०८३

डीडीसीले दिन थाल्यो किसानलाई दैनिक १ करोड भुक्तानी

सोमवार , जेठ ११, २०८३

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी)ले पछिल्लो समयमा दूध किसानलाई दैनिक १ करोड रुपैयाँबराबरको भुक्तानी गर्न थालेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार डीडीसीको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी हुन थालेको हो ।

पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसेको छ भने एक महिनाको रकम आउँदो १३ गते भित्र भुक्तानी गर्ने तयारी छ ।

डीडीसीको हाल दैनिक करिब १ करोड रुपैयाँको कारोबार भैरहेको छ । उक्त रकम दैनिक रुपमा किसानलाई भुक्तानी भैरहेको छ । बाँकी रहेको रकम करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरि काम भइरहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार