काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै आजै दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । विभागका अनुसार आज हावा हुरीबाट प्रभावित हुने जिल्लाहरु यी हुन् ।
कोशी प्रदेश ः झापा र मोरङ सहित आसपासका जिल्ला
मधेश प्रदेश ः बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्ला
बागमती प्रदेश ः मकवानपुर र चितवन सहित आसपासका जिल्ला
गण्डकी प्रदेश ः नवलपुर र तनहुँ सहित आसपासका जिल्ला
लुम्बिनी प्रदेश ः रुपन्देही सहित आसपासका जिल्ला ।