आइतवार, श्रावण २४ गते २०८३

चिकित्शा शिक्षा आयोगको उपाध्यक्षमा श्रीकृष्ण गिरी नियुक्त

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीलाई दिएको छ । गिरी आयोगका पूर्व उपाध्यक्ष पनि हुन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई जिम्मेवारी दिएका हुन् ।

अर्को व्यवस्था नभएसम्मका लागि आफलाई उपाध्यक्षको जिम्मेवारी दिइएको गिरीले शैलीन्युजलाई बताए । उनी मंगलबारदेखि नै कार्यालय हाजिर भइसकेका छन् । 


सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार