काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई स्पष्टीकरण सोधेको छ । प्रधान कार्यालयले उनलाई सात दिन भित्र स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन पनि निर्देशन दिएको छ ।
नेपाल प्रहारी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सूचना जारी गर्दै पुनम लगायत गैरहाजिरमा रहेकाहरुलाई गैर हाजिरमा रहनुको कारण स्पष्ट खुलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
प्रहरी जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि गैरहाजिर रहेको प्रहरी कार्यालयले जनाएको छ । पुनम लगायत प्रहरी कर्मचारी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा÷गराउँदा तथा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै पत्रिकामा सूचना जारी गर्दै सात दिनभित्र हाजिर हुन भनेको हो ।