काठमाडौ । साफ महिला च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपालले जित निकालेको छ ।
सोमबार भारतको गोवामा भएको खेलमा नेपालले भुटानमाथि १–० गोलको जित निकालेको हो ।खेलको पहिलो हाफमा भएको गोल नै नेपालको जितको आधार बन्यो ।
खेलको २३औं मिनेटमा गीता रानाको प्रहार भुटानकी इडोनको खुट्टामा लागेर पोस्ट भित्र छिरेको थियो । दोस्रो हाफमा नेपालले गोल गर्न सकेन ।
नेपालले स्ट्राइकर सावित्रा भण्डारी साम्बा, सविता राना मगर र प्रिति राई बिना खेलेको थियो। सम्बा र सविता घाइते छन् भने प्रिति आजको खेलमा बेन्चमा पनि थिइनन् ।
कम्बोडियाको लिग खेल्ने प्रिति नेपालको २३ सदस्यीय टोलीमा भने छिन् ।समूहमा अब नेपालले दोस्रो तथा अन्तिम खेलमा मे ३१ मा श्रीलंकासँग खेल्नेछ ।