काठमाडौं । नेपाल बीमा प्राधिकरण’को रिक्त अध्यक्ष पदपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ । प्राधीकरण नेपालको बीमा क्षेत्रको सर्वोच्च नियामक निकाय हो ।
अध्यक्षको नाम सिफारिस गर्न गठित समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट ७ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।
बीमा ऐन, २०७९ कार्यान्वयनमा आएसँगै प्राधिकरणको नेतृत्व चयनका लागि सरकारले कडा योग्यता, उच्च व्यवस्थापकीय अनुभव र नैतिक मापदण्डहरू निर्धारण गरेको छ ।
इच्छुक उम्मेदवारले २०८१ जेठ १९ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको ’वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा’, सिंहदरबारमा आफ्नो आवेदन र व्यक्तिगत विवरण बुझाउनुपर्नेछ ।