काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्योलता हटेको दाबी गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले राखेका उक्त मन्त्रालय सम्बन्धी जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् ।
मन्त्री कुमारीले सरोकारवालाहरुसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउने काम गरेको मन्त्री कुमारीको भनाइ थियो ।
उनले एमआरपी र आयत नियमन सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले आवश्यक कार्य योजना स्वीकृत गरी आयात भएको वस्तुमा एमआरपी भए नभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिएको पनि संसद्लाई जानकारी गराइन् ।