आइतवार, श्रावण २४ गते २०८३

प्रहरी बरिष्ठ हवल्दार विष्णु थापाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार , जेठ १३, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

लागू औषध मुद्दामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले थिापा क्षेत्रीलाई सेवाग्राहीबाट ५० हजार रुपैंयासहित केहि सयम अघि नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा थापा क्षेत्रीले लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने तथा पक्राउ नगरी केश मिलाईदिने भनी सेवाग्राहीसँग उक्त रकम घुसवापत लिएको पुष्टि भएको छ । 


आयोगले थापा क्षेत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ५० हजार रुपैंया बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन अनुसार कारावहीको माग गरेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार